२०८० चैत १ गते १५:५४ विकासन्युज
काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.३२ प्रतिशत अर्थात् २७.८४ अंक घटेर २ हजार ८०.८७ अंकमा बन्द भएको हो । आज दिनभरिमा ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर ६६ हजार १०७ पटक खरिद बिक्री हुँदा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार १९८ कम्पनीको सेयर मूल्य घटेको छ भने ४२ कम्पनीको सेयर मूल्य बढेको छ । आज विभिन्न तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त र मानुषि लघुवित्तको सेयर मूल्य १० प्रतिशत बढेको छ । गुरासँस लघुवित्तको ९.९२ प्रतिशत सेयर मूल्य बढेको छ ।
आज बैंकिङ समूह १.१४ प्रतिशत, विकास बैंक समूह १.३४ प्रतिशत, फाइनान्स समूह १.०८ प्रतिशत, होटल तथा पर्यटन समूह ०.८७ प्रतिशत, जलविद्युत समूह ०.६२ प्रतिशत, लगानी समूह १.३३ प्रतिशत, जीवन बीमा समूह २.६५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.०६ प्रतिशत, लघुवित्त समूह २.०९ प्रतिशत, म्युचुअल फण्ड समूह ०.५३ प्रतिशत, निर्जीवन बीमा समूह १.७० प्रतिशत, अन्य समूह ०.९३ प्रतिशत र व्यापार समूह ०.७२ प्रतिशत घटेको छ ।
बिहीबार अपर तामाकोशीको सेयर कारोबार सर्वाधिक भएको छ । यस कम्पनीको ५० करोड ८९ लाख ८ हजार रुपैयाँ, शिवमको २४ करोड ४ लाख ५० हजार रुपैयाँ, सोनापुर मिनिरल्सको १६ करोड २४ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.