राजस्व छलेको आरोपमा सिरहाको शारदा डिस्टीलरी सिल

  २०८० चैत ८ गते २०:१०     विकासन्युज

काठमाडौं । राजस्व छली प्रकरणमा सिरहाको शारदा डिस्टीलरी सिल गरिएको छ । अन्तशुल्कको एउटा स्टीकरलाई दुई टुक्रा पारी मदिराको बोतलमा लगाएर राजस्व छलेको आरोपमा गोलबजारस्थित शारदा डिस्टीलरीको गोदाम सिल गरिएको आन्तरिक राजस्व कार्यालय लहानले जनाएको हो ।

आन्तरिक राजस्व विभागले प्रदान गर्ने स्टिकरलाई सरोकारवालाको मिलेमतोमै दुई टुक्रा पारेर प्रयोग गरी उद्योगले राजस्व छली गर्दै आएको विशेष सूचनाका आधारमा राजस्वको टोली गोदाममा पुगेको थियो ।

गोदामबाट शारदा डिस्टिलरीबाट उत्पादित मदिरासहित ३१५ कार्टुन मदिरा बरामद गरिएको छ । थप मदिरा कोठामा बन्द गरेर राखिएका कारण परिणाम यकिन हुन नसकेको बताइएको छ ।

साथै, उद्योगका प्रतिनिधि सुपरभाइजर लोकबहादुर बस्नेत र सिरहाको माडरस्थित आशीष जनरल स्टोरका प्रोपराइटर ललनकुमार यादव बयान दिन गएका थिए । दुबैजनालाई नियन्त्रणमा लिइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.