२०८० चैत २४ गते १३:४३ विकासन्युज
काठमाडौं । गर्मी सिजन सुरु भएसँगै काठमाडौंबाट नजिक सिन्धुपाल्चोक जिल्लाको सुकुटे रेफ्रेसमेन्टको गन्तव्यमा पर्छ । काठमाडौंको व्यस्त जीवन र थकान मेट्नका लागि यहाँ रहेका विभिन्न रिसोर्ट र सुनकोसी नदीमा गरिने र्याफ्टिङको सुविधा आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ । र्याफ्टिङ सिजनमा (फागुनदेखि चैत्रसम्म) दैनिक १५ सय आन्तरिक तथा बाह्य पर्यटकहरू सुकुटे आउने गर्दछन् ।
सुकुटे बजारको पाँच किलोमिटर क्षेत्रफलमा रिसोर्ट स्तरका ११ होटल छन् । जसमा र्याफ्टिङ स्टार, सुनकोसी बिच, स्याण्डी बिच, भोटेकोसी बिच, सुकुटे रिभर फन बिच रिसोर्ट, सुकुटे बिच, रिभर बे, माया बिच, रक रिभर, सुनकोसी रिभरसाइड । यहाँ भएका विभिन्न रिसोर्टहरूले साहसिक गतिविधिसहित रिसोर्ट सञ्चालन गरेका छन् ।
सिजनमा शुक्रबार र शनिबार सुनकोसी नदीमा ट्राफिक जाम नै हुन्छ । पुस र माघको चिसोमा सुकुटे आउने आन्तरिक पर्यटक दोलखाको कालिञ्चोक पुग्छन् । जब गर्मी सुरु हुन्छ सुनकोसी नदीमा खेल्न सुकुटेमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गर्दछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.