२०८१ वैशाख ३ गते ७:२२ विकासन्युज
काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको लकइन अवधि आज सकिँदै छ।
कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको ४४ करोड कित्ता बढी सेयरको लकइन अवधि आज सकिन लागेको हो ।
कम्पनीको ३९ लाख ४५ हजार ८८८ कित्ता संस्थापक सेयर, ४ लाख ८९ हजार २४५ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र ९ हजार ८५८ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको गरी कुल ४४ लाख ४४ हजार ९९१ कित्ता सेयरको लकइन अवधि आजदेखि सकिन लागेको हो ।
कम्पनीले संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीको सेयर सर्वसाधारणलाई २०७८ वैशाख ३ गते बाँडफाँड गरेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.
One comment on "रुरु जलविद्युतको ४४ करोड ४४ लाख कित्ता सेयरको लकइन अवधि आज सकिँदै"