२०८१ वैशाख ८ गते ९:३५ विकासन्युज
काठमाडौं । महानगरजस्ता ठूला शहरमा पैदल यात्रीको सहजता तथा सुविधाका निम्ति सडकपेटीको व्यवस्था गरिएको हुन्छ । अन्तर्राष्ट्रिय मान्यताअनुरूप सडकपेटी कम्तीमा पनि डेढ मिटर चौडा हुनुलाई उपयुक्त मानिन्छ ।
पैदल यात्रु हिँड्नका लागि प्रयोगमा आउने भएकै कारण सडकपेटीमा कुनै पनि किसिमका अवरोध हुन नहुने यसको महत्वपूर्ण विशेषता हो । तर, नेपालको राजधानी काठमाडौंंका सडकपेटीको अवस्था अस्तव्यस्त छ ।
काठमाडौंका सडकपेटी साँघुरा छन् । कतिपय स्थानमा त सडकपेटीको व्यवस्था नै छैन । भएका सडकपेटीमा पनि निर्माण सामग्री छरपस्ट छन् । कतै भत्किएको, बिग्रिएको अवस्था यत्रतत्र छ । यसले सडकपेटीहरु सकिइरहेका छन्, पैदलमार्ग हराइरहेका छन् ।
राजधानी काठमाडौंमा मात्र होइन उपत्यकाभित्रै धेरैतिर सडकपेटीको राम्रो व्यवस्थापन छैन ।
सडकपेटीहरु निर्माणको पखाईमा छन् । लाग्छ सडकपेटी उद्धारको पर्खाइमा छन् । स(साना व्यापारीहरूले सडकपेटीलाई व्यापार गर्ने थलो बनाउँछन् । एकातिर सडकपेटी खुला तथा अवरोधरहित हुनुपर्ने मान्यता छ भने काठमाडौंका सडकपेटीको अवस्था त्यसको ठीक विपरीत पाइन्छ ।
तस्बिर : न्युज एजेन्सी नेपाल
Copyright © 2024 Bikash Media Pvt. Ltd.