२०८१ वैशाख १२ गते १०:०२ विकासन्युज
काठमाडौं । हिमालय हाइड्रो एक्स्पोको पहिलो दिनको उपलक्ष्यमा इभी र्याली भएको छ । इप्पान नेपालको आयोजनामा हिमालय हाइड्रो एक्सपोको पहिलो उदघाट्नको अवसर पारि आज बिहान इभी र्याली भएको हो ।
इभी र्यालीको फ्ल्याग डाउन उर्जा मन्त्री शक्तिबहादुर बस्नेतले गरेका थिए । मन्त्री आफै पनि मन्त्रालयको इभी गाडिमा र्यालीमा सहभागी भएका थिए । र्याली स्काइवाक कमलादीबाट सुरु भएर बानेश्वर, तिनकुने, कोटेश्वर, ग्वार्को, थापाथली, सुन्धारा, लैनचौर हुँदै भृकुटीमण्डपमा पुगी २६ किलोमिटर बाटो पुरा गरेको थियो । र्यालीमा विद्युतीय गाडि, स्कुटर, बाइकहरु सहभागी थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.