२०८१ जेठ २ गते १९:०२ विकासन्युज
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरूलाई छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग प्रदान गरेको छ।
‘बालबालिकालाई शिक्षित गर्नुहोस् कार्यक्रम अन्तर्गत नेपालभरि ८० वटा विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपालमार्फत बैंकले करिब एक हजार विद्यार्थीहरूका लागि प्रदान गर्न लागेको उक्त छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेको हो।
बुधबार काठमाडौं, धनगढी, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, जनकपुर, बुटवल र भैरहवा गरी आठ स्थानमा सम्पन्न कार्यक्रममा सहभागी हुँदै बैंकले शिक्षाको मुल धारमा आउन नसकेका, पिछडिएका तथा विभिन्न कारणले बन्दी जीवन बिताएका अभिभावकका बालबालिकाहरूलाई शिक्षाको अवसर प्रदान गर्न आवश्यक समन्वय गर्दै आइरहेको उक्त संस्थासँग मिलि एक कार्यक्रमका बीच विद्यार्थीहरूका लागि सहयोग प्रदान गरेको हो।
बैंकले आगामी दिनहरुमा पनि सामाजिक, आर्थिक रूपान्तरणका लागि निरन्तर रूपमा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.