२०८१ जेठ ८ गते १२:०९ विकासन्युज
काठमाडौं । मिल्सबेरी स्कुलले ए लेभलको नयाँ शैक्षिक कार्यक्रम सुरु गरेको छ ।
सन् २००४ मा प्राथमिक विद्यालयको रूपमा सुरु भएको मिल्सबेरीले सन् २०१२ मा आफ्नो शैक्षिक पहुँच विस्तार गर्दै माध्यमिक तहसम्म कक्षा सञ्चालन गर्दै आइरहेको थियो ।
विद्यार्थीलाई उत्कृष्ट शैक्षिक अवसर प्रदान गर्न मिल्सबेरीले हालै क्याम्ब्रिज एएस र ए लेभल कार्यक्रम सुचारु गरेको हो ।
स्कुलले क्याम्ब्रिज हाई स्कुलसँगको सम्बद्धतामा आफ्नो शैक्षिक कार्यक्रमहरू विस्तार गरेर विद्यार्थीलाई उच्च शिक्षामा उत्कृष्टता हासिल गर्न आवश्यक पर्ने उपकरण र ज्ञानका साथ सशक्त बनाउने लक्ष्य राखेको मिल्सबेरी ए लेभल प्रोग्राम अपरेसन म्यानेजर सुजनराज श्रेष्ठले बताए ।
उनले भने, ‘आलोचनात्मक सोच, समस्या समाधान, र विश्लेषणात्मक सीपहरूलाई बढावा दिने कुरामा केन्द्रित भएर क्याम्ब्रिज ए लेभल कार्यक्रम मार्फत उच्च शिक्षामा उत्कृष्टता प्रदान गर्न मिल्सबेरी परिवार प्रतिबद्ध छ ।’
मिल्सबेरीले अत्याधुनिक पूर्वाधारसहित तयार गरिएको भवन, अनुभवी फ्याकल्टी मेम्बर, फराकिलो कक्षाकोठा, प्रयोगशालाहरू, पुस्तकालय र आरामदायी विद्यार्थी लाउन्जको साथै सिकाइ र आराम दुवैको लागि अनुकूल वातावरण प्रदान गरिरहेको बताएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.