२०८१ जेठ १२ गते १४:५६ सौगात पुडासैनी
काठमाडौं । असार लाग्न अझै दुई साता बाँकी रहँदा भक्तपुर चाँगुनारायणका किसान भने यतिबेला धान रोपाइँको तयारी गरिरहेका छन् । मनसुन सुरु नहुँदै त्यहाँका किसान रोपाइँमा व्यस्त भएका हुन् ।
रोपाइँका लागि खेत जोत्ने, मल बाेक्ने, मल हाल्ने, सम्याउने, बीऊ काढ्ने जस्ता काममा किसान व्यस्त छन् ।
जल तथा मौसम विज्ञान विभागले यो मनसुनमा औषतभन्दा बढी वर्षा हुने अनुमान गरेको छ ।
काठमाडौं उपत्यकाका अन्य क्षेत्रमा पनि रोपाइँ सुरु भइसकेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.