२०८१ जेठ १७ गते १०:१५ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रले राष्ट्र बैंकले थप खुकुलो नीति अघि सार्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बजेटका विषयमा आयोजना गरेको अन्तर्किया कार्यक्रममा बोल्दै उनले अहिले पनि खुकुलो नीति रहेको र आगामी दिनमा पनि थप खुकुलो नीति अघि सार्ने बताएका हुन् ।
‘अब पुँजी कोषको समस्या समाधान हन्छ, हामीले साढे ११ प्रतिशत हुन्छ भनेर नीति बनाएका थियौं । तर, १२ प्रतिशत हुने देखिन्छ, हामीले खुकुलो मौद्रिक नीति अघि सारेका छौं, प्रशस्त मात्रामा तरलता छ, साढे ८ प्रतिशतको आधारदर छ, बजेट पनि सफलताका साथ आएको छ, यसको कार्यान्वयनका लागि सहकार्य गरनुपर्छ,’ उनले भने ।
उनले बजेट डिजिटल बनाउन सहयोग पुग्ने पनि बताए । आत्मनिर्भर अर्थतन्त्र बनाउन र कृषिमा लगानी बढाउन बजेटले भूमिका खेल्ने उनको भनाइ छ ।
‘घरजग्गा क्षेत्रमा केही विषय बोलेको छ, कृषिमा लगानी बढाउन प्रोत्साहन गरेको छ, डिजिटल बैंकिङलाई पनि बजेटमा प्रोत्साहन गरेको छ, यसले समग्र अर्थतन्त्रमा सहयोग पुग्छ,’ उनले भने ।
उनले बजेटमा सहुलियतपूर्ण कर्जाका विषयमा पनि उल्लेख गरेको बताउँदै त्यसलाई तत्काल कार्यान्वयन गर्ने धारणा राखे ।
विदेशमा गरेको कमाइलाई नेपालमा लगानी गर्नका लागि बजेटले सम्बोधन गरेको बताउँदै सामाजिक बैंकिङको अवधारणाले पनि धेरे टेवा पुग्ने बताए ।
उनले बजेटले ५.५प्रतिशतको मूल्वृद्दिको प्रक्षेपण गरेको बताउँदै अहिलेको अवस्थाले ५ मुल्यवृद्दि हुने देखिएको धारणा राखे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.