डिएभी विद्यालयको इन्भेस्टिचर सेरेमोनी र स्पोर्ट्स डे सम्पन्न

  २०८१ जेठ २२ गते १२:४१     विकासन्युज

काठमाडौं । डिएभी विद्यालयको २ दिने इन्भेस्टिचर सेरेमोनी र स्पोर्ट्स डे सम्पन्न भएको छ । ललितपुर जावलाखेलस्थित डिएभी सुशील केडिया विश्व भारती विद्यालयले २ दिने इन्भेष्टिचर सेरेमोनी र स्पोर्ट्स डे सशस्त्र प्रहरी मुख्यालयको एपीएफ स्टेडियम हलचोकमा जेठ १९ र २० गते रूपमा सम्पन्न गरेको छ ।

सशस्त्र प्रहरी मुख्यालय हलचोकका प्रहरी नायब महानिरीक्षक कुल बहादुर नेम्वाङको मुख्य आतित्थ्यमा सम्पन्न भएको कार्यक्रममा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेश पाण्डे र राष्ट्रिय महिला फुटबल टिमकी पूर्व खेलाडी साबित्रा भण्डारी, डिएभी विद्यालयका अध्यक्ष अनिल केडिया, प्राचार्य डा. भुवनेश्वरी राव विशेष अतिथिको रुपमा उपस्थित रहेको विद्यालयले जनाएको छ ।

इन्भेस्टिचर सेरेमोनी कार्यक्रम अन्तर्गत शैक्षिक सत्र २०२४/२५ का निर्वाचित प्रिफेक्ट काउन्सिलका विद्यार्थीहरुलाई विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । लगत्तै प्रिफेक्ट काउन्सिलका सदस्यहरुलाई पोर्टफोलियो अनुसारका ब्याच प्रदान गरेका थिए ।

विद्यालयले यसै वर्षदेखि स्पोर्ट्स डे लाई समेत इन्भेस्टिचर सेरेमोनीमा समायोजन गर्दै विभिन्न प्रकारका दौड प्रतियोगिताहरू समेत सञ्चालन गरेको थियो । स्पोर्ट्स डे को अवसर पारी ४०० मिटर रिले रेस, पिग्गि ब्याक र त्रिपल लेग रेस मा सहभागी भएका सिनीयर र मिडल स्कूलका दुई सय विजेता विद्यार्थीहरुलाई गोल्ड, सिल्भर र ब्रोन्ज मेडल द्वारा सम्मान गरिएको विद्यालयले जनाएको छ ।

त्यसैगरि सोहि संख्यामा विभिन्न प्रकारका दौड प्रतियोगीतामा सहभागी भएका जुनियर र किनडरगार्टेन तहका विजेता विद्यार्थीहरुलाई सम्मान गरियो । विद्यार्थीसँगै विभिन्न प्रतिस्पर्धामा सहभागी भई उत्कृष्ट स्थान हाँसिल गर्ने २६ जना अभिभावकहरूलाई समेत सम्मान गरिएको थियो । विशेष अतिथि सावित्रा भण्डारीले मन्तव्य सहित सम्पूर्ण खेलाडी विद्यार्थीहरूलाई थप हौसला प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.