मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक, माग्यो सुझाव

  २०८१ जेठ २७ गते १३:१२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटेको छ । केन्द्रीय बैंक आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तयारीमा जुटेको हो ।

बैंकले एक सूचना जारी गर्दै आगामी वर्षको मौद्रिक नीतिमाथि राय/सुझाव नै मागेको छ । जारी सूचनामार्फत यही असार १६ भित्र सुझाव उपलब्ध गराउन सरोकारवालालाई भनिएको छ ।

केन्द्रीय बैंकले साउन पहिलो साताभित्र मौद्रिक नीति ल्याउने गरी तयारी गरेको देखिन्छ । बैंकले राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । मौद्रिक नीतिमा सुझाव दिन चाहनेले आर्थिक अनुसन्धान विभागको ठेगानामा पठाउनुपर्नेछ ।

आगामी वर्षको बजेट प्रस्तुत गरिसकेपछि आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले बजेटसँग तादाम्यता मिलाउने गरी मौद्रिक नीति आउनेमा आफू विश्वस्त रहेको बताएका थिए । उनले नेपाल राष्ट्र बैंकलाई नचिढ्याउने नीतिअनुरूप यस्तो बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.