टि २० विश्वकप : नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध

  २०८१ जेठ ३० गते ९:२५     विकासन्युज

काठमाडौं । आइसिसी टि २० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध भएको छ ।

अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा वर्षा नरोकिएपछि खेल रद्ध भएको हो । खेल रद्ध भएसँगै नेपाल र श्रीलंकाले समान १/१ अंक बाँडेका छन् । समूह डिमा रहेको नेपालको २ खेलबाट एक अंक भएको छ भने श्रीलंकाको तीन खेलबाट १ अंक छ । तीन खेलमा श्रीलंका बंगलादेश र दक्षिण अफ्रिकासँग पराजित भएको हो भने नेपालसँग वर्षाका कारण १ अंक बाँडेको हो ।

यता नेपाल नेदरल्याण्डसँग पराजित भएको थियो भने श्रीलंकासँग अंक बाँड्न बाध्य बनेको हो । नेपालले अब १५ तारिकमा दक्षिण अफ्रिकासँग् वेस्टइण्डिजमा खेल्नेछ । साथै १७ तारिकमा बंगलादेशसँग खेल्नेछ । बाँकी दुवै खेल जितेको खण्डमा नेपालले सुपर ८ को यात्रा तय गर्नेछ । समूह डिबाट दक्षिण अफ्रिका एक अखेल अगावै सुपर ८ मा पुगिसकेको छ । दक्षिण अफ्रिकाले तीनमा तीन खेलमा नै जित हात पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.