फेसबुकबाट १ लाख प्रयोगकर्ताको डाटा चाेरी

  २०८१ जेठ ३० गते १२:५७     विकासन्युज

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा उपलब्ध तपाईंको डाटा सुरक्षित छ ? साइबर सुरक्षा अनुसन्धानकर्ताहरूले फेसबुकका करिब एक लाख प्रयोगकर्ताको पर्सनल डिटेल्स लीक भएको बताएका छन् ।

डाटा लीकसँग सम्बन्धित समाचार बाहिर आएको यो पहिलो पटक भने होइन। यसअघि पनि पटकपटक यस्ता समाचार बाहिर आएका छन् । यस पटक नयाँ दिल्लीको एक एनजीओ साइबर पीसले यसबारे जानकारी सार्वजनिक गरेको छ । जसका अनुसार करिब एक लाख फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण लिक भएको छ ।

लीक भएको जानकारीमा नाम, स्थान, इमेल, प्रोफाइल विवरण, फोन नम्बर जस्ता विषय समावेश छ । यो संस्थाले प्रयोगकर्ताको डाटा चुहावटको जानकारी मात्रै बाहिर ल्याएको छैन, यसमा यो डर पनि मानिएको कि जसका विवरणहरू लीक भएका छन् तिनीहरू फिसिङ अट्याककाे जोखिममा छन् । तर, फेसबुक प्रयोगकर्ताको डाटा कसले चोर्यो भन्ने अहिलेसम्म खुलेको छैन ।

यस विषयमा फेसबुक र मेटालाई जानकारी गराइएको साइबर पिसले जनाएको छ । तर, अहिलेसम्म उसको तर्फबाट कुनै बयान आएको छैन । डाटा चोरीको अनुसन्धान भइरहेको छ । तर, यो चोरीले कम्पनीको प्रतिष्ठालाई असर गर्छ ।

तपाईं आफ्नो फेसबुक खाताको गोपनीयता सेटिङहरू बलियो बनाउन सक्नुहुन्छ । जसका लागि दुई चरण प्रमाणीकरण प्रयोग गर्नुपर्छ । यस बाहेक तपाईंको प्रोफाइल कसले हेर्न सक्छ ? तपाईंसँग यसलाई सार्वजनिक वा निजी बनाउने विकल्प पनि छ । तपाईंलाई कसले ट्याग गर्न सक्छ ? यी सबै सेटिङहरू बनाएर गोपनीयता बढाउन सकिन्छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.