ललितपुरको श्रमजित किशोर माविमा ‘खेताला शिक्षक’

  २०८१ जेठ ३१ गते १७:०५     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाकै एक विद्यालयमा ‘खेताला शिक्षक’ राखेको भेटिएको छ । ललितपुरको श्रमजित किशोर माविमा खेताला शिक्षक राखिएको भेटिएको हो ।

विद्यालयका तृतीय श्रेणीका विज्ञान शिक्षक राजेन्द्रराज पौडेलले अशोक यादवलाई खेताला शिक्षक राखेर वर्षौंदेखि अवैध तवरले तलब खाँदै आएको रहस्य खुलासा भएको छ ।

विद्यालयका एक निवर्तमान शिक्षकले त्यस विषयमा शिक्षामन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत एक पत्र पठाएका छन् । उनले मन्त्री श्रेष्ठलाई पत्रसँगै विद्यालयको अध्यापन तालिका (रुटिन) समेत पठाएका छन् ।

उनले विद्यालयका विज्ञान शिक्षक पौडेलले खेताला शिक्षक राखी वर्षौंदेखि नियम विपरीत कार्य गर्दै आएकाले उनलाई नियम बमोजिम कारबाही गर्न भन्दै मन्त्री श्रेष्ठलाई पत्र पठाएका हुन् ।

साथै, उनले खेताला शिक्षक यादवलाई निजी स्रोतको शिक्षक भनी ढाकछोप गर्ने विद्यालयका सम्बन्धित सबैलाई कानुन बमोजिम कारबाही गर्न पनि शिक्षमन्त्री श्रेष्ठसमक्ष माग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.