वर्षमै आधाले घट्यो ब्याज, सरकारी बैंककै न्यून

  २०८१ जेठ ३२ गते १२:४९     विकासन्युज

काठमाडौं । बैंकरहरूले ब्याजदर निर्धारणमा गरिरहेको भद्र सहमति खारेज भएको एक वर्ष पुगेको छ । वाणिज्य बैंकहरूबीच ब्याजदरमा हुँदै आएको भद्र सहमति गत वर्षको साउनमा खारेज भएको थियो । गत वर्षको साउनदेखि बैंकले तरलताको स्थिति हेरेर आफैं ब्याजदर निर्धारण गर्दै आएका छन् ।

भद्र सहमति टुटेपछि पछिल्लो एक वर्षमा ४६ प्रतिशतसम्म घटेको छ । २०८० असारमा बैंकहरूको ब्याजदर औसत व्यक्तिगततर्फ १०.०४ प्रतिशत बिन्दु थियो भने संस्थागततर्फ ८.०४ प्रतिशत बिन्द थियो । एक वर्षको अवधिमा व्यक्तिगततर्फ ३१.५१ प्रतिशत घटेर २०८१ असारमा औसत ६.८८ प्रतिशत बिन्दु र संस्थागततर्फ २९.४१ प्रतिशत घटेर ५.६८ प्रतिशत बिन्दुमा झरेको छ ।

बैंकरहरूबीच भद्र सहमति टुटेपछि ब्याजदर घटेको देखिन्छ । भद्र सहमति तोडेको १ वर्षको अवधिमा कृषि विकास बैंकले सबैभन्दा धेरै ब्याज घटाएको छ । बैंकले व्यक्तिगततर्फ ४३.२८ प्रतिशत र संस्थागततर्फ ४९.८१ प्रतिशत ब्याजदर घटाएको हो ।

यस्तै, एभरेष्ट बैंकले व्यक्तिगततर्फ ४२.४४ प्रतिशत र संस्थागततर्फ ४०.५५ प्रतिशत, नेपाल बैंकले व्यक्तिगततर्फ ३८.६३ प्रतिशत र संस्थागततर्फ ४७.२२ प्रतिशत, कुमारी बैंकले व्यक्तिगततर्फ ३८.५४ प्रतिशत र संस्थागततर्फ ३७.६६ प्रतिशत ब्याजदर घटाएका छन् ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकको व्यक्तिगततर्फ ३७.७३ प्रतिशत र संस्थागततर्फ ३४.९१ प्रतिशत, नेपाल एसबिआई बैंकको व्यक्तिगततर्फ ३६.९३ प्रतिशत र संस्थागततर्फ ३३.६६ प्रतिशत, लक्ष्मी सनराइज बैंकको व्यक्तिगततर्फ ३४.९३ प्रतिशत र संस्थागततर्फ ३१.१६ प्रतिशत, ग्लोबल आइएमई बैंकको व्यक्तिगततर्फ ३४.९३ प्रतिशत र संस्थागततर्फ २९.९१ प्रतिशत ब्याजदर घटेको छ ।

प्राइम बैंकको व्यक्तिगततर्फ ३२.४३ प्रतिशत र संस्थागततर्फ २८.०३ प्रतिशत, सानिमा बैंकको व्यक्तिगततर्फ ३१.९३ प्रतिशत र संस्थागततर्फ २७.४० प्रतिशत, सिटिजन्स बैंकको व्यक्तिगततर्फ ३०.९३ प्रतिशत र संस्थागततर्फ २६.१५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यक्तिगततर्फ २९.९२ प्रतिशत र संस्थागततर्फ २४.९० प्रतिशत, सिद्धार्थ बैंकको व्यक्तिगततर्फ २९.९२ प्रतिशत र संस्थागततर्फ २८.०३ प्रतिशत ब्याजदर घटेको छ ।

नबिल बैंकको व्यक्तिगततर्फ २९.९२ प्रतिशत र संस्थागततर्फ २४.९० प्रतिशत, प्रभु बैंकको व्यक्तिगततर्फ २४.९२ प्रतिशत र संस्थागततर्फ १८.६४ प्रतिशत, माछापुच्छ«े बैंकको व्यक्तिगततर्फ २४.९२ प्रतिशत र संस्थागततर्फ २८.०३ प्रतिशत, एनएमबि बैंकको व्यक्तिगततर्फ २३.०२ प्रतिशत र संस्थागततर्फ १६.६४ प्रतिशत, एनआइसी एशिया बैंकको व्यक्तिगततर्फ २३.०२ प्रतिशत र संस्थागततर्फ १६.२७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको व्यक्तिगततर्फ २२.१३ प्रतिशत र संस्थागततर्फ २८.४६ प्रतिशत र हिमालयन बैंकको व्यक्तिगततर्फ १७.४१ प्रतिशत र संस्थागततर्फ १२.३९ प्रतिशत ब्याजदर घटेको हो ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता उच्च भएपछि ब्याजदर स्वतः घट्न पुगेको बैंकरहरू बताउँछन् । ब्याजदर न्यून हुँदा उद्योगी व्यवसायीलाई सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको भएपनि कर्जाको माग भने न्यून रहेको बैंकरहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.