निओ मनि ट्रान्सफर र ट्रान्सफर रेपिडबीच सहकार्य, रोमानियाबाट रेमिट्यान्स् पठाउन सकिने

  २०८१ जेठ ३२ गते १७:४४     विकासन्युज

काठमाडाैं । निओ मनि ट्रान्सफर र रोमानियाको ट्रान्सफर रेपिडबीच सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि रोमानियामा बसिरहेका नेपालीले सुरक्षित र सहज रुपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ ।

वैदेशिक रोजगारीको खोजीमा रहेका नेपालीहरुको रोजाइको गन्तव्यमा अहिले रोमानिया निकै आकर्षक गन्तव्य हो । हाल रोमानियामा २२ हजार भन्दा बढी नेपाली आफ्ना परिवारका लागि काम गनर्सका साथै बसोबास गरिरहेका छन् ।

रोमानियामा रहेका नेपालीहरुले अब ट्रान्सफर रेपिडको शाखा, वेबसाइट पोर्टल र मोबाइल एप्लिकेसनबाट छिटो र प्रभावकारी रुपमा नेपालमा पैसा पठाउन सक्नेछन् ।

बैंक तथा वालेट भुक्तानी कारोवारहरु निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहिहरुको खातामा भुक्तानी हुनेछ। साथै नगदमा पठाइएको कारोवार पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका १५ हजार भन्दा धेरै शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ सहकार्यबारे निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले बताए ।

‘हामी अब ट्रान्स्फर रेपिडसँग नयाँ साझेदारीको घोषणा गर्न पाउँदा निकै उत्साहित छौं, मलाइ आशा छ सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी दरहरूमा कष्ट मुभिङ फण्ड घटाउने हाम्रो दृष्टिकोणलाई यस सहकार्यले समर्थन गर्दै आफ्ना प्रियजनहरूलाई सहयोग गर्न विदेशिएका नेपाली प्रवासीहरुको भावनालाई कदर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.