बूढीगण्डकी जलविद्युत आयोजना निर्माण सुरु गर्न गोरखा र धादिङका सांसदको प्रधानमन्त्रीलाई ध्यानाकर्षण

  २०८१ असार ४ गते १८:००     विकासन्युज

काठमाडौं । बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम सुरु गनुपर्ने माग राख्दै गोरखा र धादिङका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा भेटेर सांसदहरूले आयोजना निर्माण छिटो सुरु गर्न माग गरेका हुन् ।

प्रतिनिधि सभा सांसदहरू बजगाई, रामनाथ अधिकारी, बिना लामा, बुद्धिमान तामाङ, राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठ र कमला पन्तले बूढीगण्डकी आयोजना सुनिश्चितता माग गर्दै प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण गराएका हुन् ।

सांसद राजेन्द्र बजगाईंले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको सुनिश्चितता, त्यस क्षेत्रका बासिन्दाको पुनर्वास, सडक तथा दूरसञ्चार लगायतमा राज्यले उदासिनता देखाएको देखाएकाले यसमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताएका छन् ।

उनीहरूले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी आयोजना निर्माण हुन्छ भन्ने विश्वास राज्यका तर्फबाट दिलाइनुपर्ने पनि बताएका थिए ।

प्रधानमन्त्री दाहालले बूढीगण्डकी आयोजना निर्माण हुने प्रतिबद्धता व्यक्त गरेको बजगाईंले बताए ।

One comment on "बूढीगण्डकी जलविद्युत आयोजना निर्माण सुरु गर्न गोरखा र धादिङका सांसदको प्रधानमन्त्रीलाई ध्यानाकर्षण"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.