मिरा बायोटेक र नेपाल एसबिआईबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता

  २०८१ असार ६ गते १०:३६     विकासन्युज

काठमाडौं । मिरा बायोटेक प्रालि र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

बुधबार एक कार्यक्रमकाबीच मिरा बायोटेकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा दुवै संस्थाका उच्च पदस्त कर्मचारीहरुको उपस्थिती रहेको थियो । मिरा बायोटेकले डब्लूएचओ मापदण्डबमोजिम औषधी उत्पादन गर्दै आइरहेको छ । साथै, कम्पनीले स्थानीय र विदेशी बजारहरुका लागि औषधीजन्य ठोस खुराक उत्पादन तथा वितरण गर्दै आईरहेको छ ।

वित्तीय परामर्श अन्तर्गत नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले वित्तीय संरचना, वित्तीय व्यवस्थापन, व्यवसायिक योजना र संस्थाको संरचना हेरफेर जस्ता सेवाहरु उपलब्ध गराउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.