२०८१ असार ११ गते १२:१८ विकासन्युज
काठमाडौं । नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)का वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बैंकर र व्यवसायी छुट्याउने सरकारको प्रयासभित्र सहि निकासको बाटो नभएकाे बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तीय संस्था सम्बन्धि कानुन संशोधनको प्रक्रियामा रहेको, त्यसमा बैंकर्स र व्यवसायी छुट्याउने सोच देखिएको तर निकासको बाटो नदेखिएको बताएका हुन् ।
उनले बजारमा समग्रमा माग घटेको कारण ऋण तिर्न सकस भएको बताएका छन् । ‘माग घटेको छ, ऋण तिर्न सकस भएको छ । बैंकको नाफा घटिरहेको छ, यस्तो अवस्थामा मौद्रिक नीति कस्तो आउला भन्ने अपेक्षामा छौँ’, उनले भने ।
विगतमा भएका कमजोरीलाई सुधार गर्दै मौद्रिक नीति आउनुपर्ने उनको भनाई छ । बैंक तथा वित्तीय संस्था पुँजी वृद्धिपछि कर्जा बढाउन केन्द्रित भएको उनले जानकारी दिए । त्यस्तै, उनले समस्या निम्तिएपछि समाधानमा जोड गर्नुपर्ने बताएका छन् ।
‘इक्विटिको दबाब खेप्न परेको छ, साथै लगानीकर्ताले प्रतिफलको आशा गर्ने भएकाले त्यस अनुसारको मौद्रिक नीति आउनुपर्छ, बैंकिङ क्षेत्रका स्टेकहोल्डरलाई टिकाउन नीतिमा सहजीकरण गर्नुपर्छ’, उनले भने ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.