मनास्लु स्कुलले सुरु गर्यो शिक्षालाई उद्यमशीलता र रोजगारसँग जोडने ‘थ्रीई’ कार्यक्रम

  २०८१ असार ११ गते १५:५२     विकासन्युज

काठमाडौं । मनास्लु स्कुलले कक्षा ११ र १२ का विद्यार्थी लक्षित गरी शिक्षा, उद्यमशीलता र रोजगारलाई एकीकृत गर्ने उद्देश्यले ‘थ्रीई कार्यक्रम’ को सुरुवात गरेको छ ।

स्कुलको सभाकक्षमा आयोजित गरिएको थियो कार्यक्रममा एसईई दिएर बसेका ७ सय जना विद्यार्थी उपस्थित थिए ।

मनास्लु स्कूलका कार्यकारी अधिकृत (सीईओ) नरेशप्रसाद श्रेष्ठले कार्यक्रमले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यावहारिक सीपहरू विकास गर्न विविध अवसरहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

थ्रीई पहलले विद्यार्थीहरूलाई रोजगारयोग्य मात्र नभई रोजगार सिर्जना गर्न सक्षम बनाउन लक्ष्य राखेको र यसले अर्थतन्त्रमा योगदान पुर्याउने स्कुलको विश्वास छ ।

कार्यक्रममा युवा स्टार्टअपहरू र आइसीटीको पनि प्रदर्शनी पनि समावेश गरिएको थियो । जसले विद्यार्थीहरूको उद्यमशीलता भावना र नवीन परियोजनाहरूको प्रदर्शन गर्यो ।

मनास्लु स्कुलको यो कार्यक्रमले माध्यमिक शिक्षालाई पुनः परिभाषित गर्दै विद्यार्थीहरूलाई उच्च शिक्षा र रोजगारी बजारका लागि आवश्यक सीपहरू प्रदान गर्ने विश्वास लिइएको छ ।

यस पहलले स्कुललाई उद्यमशीलता र रोजगार योग्यतामा केन्द्रित नवप्रवर्तनशील शिक्षामा अग्रणी बनाउने स्कुलको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.