बीआरआई परियोजनामा जुटेन सहमति, चिनियाँ उपविदेशमन्त्री स्वदेश फिर्ता

  २०८१ असार १२ गते १३:१३     विकासन्युज

काठमाडौं । चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ नेपाल भ्रमणमा आएका बेला हस्ताक्षर हुने भनिएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाका विषयमा सहमति हुन नसकेपछि थाँती रहेको छ।

बीआरआईमा हस्ताक्षर नगरिकनै उपविदेशमन्त्री वेइडोङ स्वदेश फर्किएका छन् । सोमबार नेपाल आएका उनी स्वदेश फर्किनुअघि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा कार्यान्वयन योजना दस्तावेजबारे छलफल भए पनि आवश्यक कार्यान्वयन योजना दस्तावेजमा हस्ताक्षर हुन सकेन् । बीआरआईका कतिपय विषयमा थप छलफल गर्नुपर्ने देखिएकाले दस्तावेजले अन्तिम रूप पाउन नसकेको बताइएको छ।

नेपालले १२ मे २०१७ मा बीआरआईमा हस्ताक्षर गरे पनि अहिलेसम्म कुनै परियोजना अघि बढेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.