धान रोप्दै कोशीका मुख्यमन्त्री कार्कीले भने- युवालाई कृषि पेसामा आकर्षित गर्नुपर्छ

  २०८१ असार १५ गते १६:२१     विकासन्युज

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले कृषि पेसाप्रति युवापुस्ताको आकर्षण वृद्धि गर्न विशेष जोड दिएको बताएका छन् ।

मोरङको जहदा गाउँपालिका–३ मा आज आयोजित २१औं राष्ट्रिय धान दिवस कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

युवाका लागि तालिम, अनुदान, कृषिमा आधुनिक प्रविधि, व्यावसायिकता र बजारीकरणमा विशेष ध्यान दिने नीति प्रदेश सरकारले लिएको उनको भनाइ थियो ।मुख्यमन्त्री कार्कीले प्रदेशलाई कृषि उपजमा आत्मनिर्भर बनाउन विशेष योजनाका कार्य शुरू गरेको बताए ।​ उत्पादकत्व वृद्धि गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने उनले बताए ।

ुजलवायु परिवर्तनको असरका कारण कृषि उत्पादन घटेकाले यसबाट मानव जीवन कष्टकर बन्दै गएको छ । यसतर्फ हामी सबैले ध्यान दिनु जरुरी छ,ु उनले भने ।

सो अवसरमा उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। लेखराज दाहालले कृषि उत्पादन वृद्धि गर्न उन्नत जातको बिउ उत्पादन वृद्धि हुने विचार राखे ।

कृषि विकास निर्देशनालय विराटनगरका प्रमुख प्रकाशकुमार डाँगी र जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र साहले कृषिमा आधुनिक प्रविधिको प्रयोगमा जोड दिएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.