स्थानीय तहलाई प्राधिकरणले भन्यो : बक्यौता किस्ताबन्दीमा तिर्न ४५ दिनभित्र आउनु

  २०८१ असार १६ गते ७:२४     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न संरचनाहरूमा सडक बत्ति जडान गरी विद्युत उपभोग गरेका स्थानीय तहहरूले तिनुपर्ने थप दस्तुरसहितको बक्यौता रकम बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्थासहितको सूचना सार्वजनिक गरेको छ ।

प्राधिकरणले स्थानीय तहहरूलाई आफ्नो बक्यौता रकम यथाशीघ्र बुझाउन आग्रह गरेको छ ।

प्राधिकरणले आइतबार एक सूचना सार्वजनिक गर्दै यो सूचना सार्वजनिक भएको मितिले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Image-1
Image-2
Image-3
Image-4