वारेन बफेटले दान गरे ५.३ बिलियन डलरको सेयर

  २०८१ असार १६ गते ११:२५     विकासन्युज

काठमाडौं । विश्वका १०औं धनी व्यक्ति वारेन बफेटले आफ्नो सम्पत्तिको ठूलो हिस्सा दान गरेका छन् । उनको वार्षिक चन्दा योजनाअन्तर्गत यो दान गरिएको हो । यस पटक बफेटले आफ्नो कम्पनी बर्कशायर ह्याथवेको ५.३ बिलियन डलरबराबरको सेयर बिल र मेलिन्डा गेट्स फाउन्डेशनसहित आफ्नो परिवारसँग सम्बन्धित ४ परोपकारी ट्रस्टहरूलाई दान गर्ने घोषणा गरेका छन् ।

बफेटले यस पटक आफ्नो कम्पनी बर्कशायर ह्याथवेको ९.९३ मिलियन क्लास–बी सेयर गेट्स फाउन्डेशनलाई दान गर्ने घोषणा गरेका छन्, जसको मूल्य करिब ४ अर्ब डलर हुनेछ । वारेन बफेटले अहिलेसम्म गेट्स फाउन्डेशनलाई ४३ बिलियन डलरको सेयर दान गरिसकेका छन् ।

यससँगै उनले सुसन थमसन बफेट फाउण्डेशनलाई ९.९३ लाख क्लास–बी सेयर पनि दान गर्नेछन् । यो संस्था उनको स्वर्गीय प्रथम श्रीमतीको नाममा राखिएको हो । बफेटले स्वास्थ्य सेवा र शिक्षामा ध्यान केन्द्रित गर्न यो फाउन्डेशन सुरु गरे ।

पछिल्लो पटक जस्तै यस पटक पनि बफेटले आफ्ना परिवारको परोपकारी संस्थालाई चन्दा दिइरहेका छन् । यसपटक उनले यी तीन फाउन्डेसनलाई ६.९५ देखि ६.९५ लाख सेयर दिने छन् । यी संस्थाहरूमा होवर्ड जी. बफेट फाउन्डेसन, शेरवुड फाउन्डेसन र नोभो फाउन्डेसन समावेश छन् ।

९३ वर्ष पुगेका बफेट ब्लुमबर्गको बिलियनेयर इन्डेक्सका अनुसार विश्वको १०औं धनी व्यक्ति हुन् र उनले आफ्नो सम्पत्तिको ९९ प्रतिशत आफ्ना छोराछोरीको परोपकारी ट्रस्टलाई दान गर्ने योजना बनाएका छन् । सन् २००६ देखि आफ्नो सम्पत्तिबाट चन्दा दिइरहेका बफेटले आफ्नो आधाभन्दा बढी सेयर बर्कशायर ह्याथवेमा दान गरेका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.