२०८१ असार १६ गते १३:०६ विकासन्युज
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको अध्यक्षमा कुबेरमणी नेपाल नियुक्त भएका छन् ।
तत्कालीन अध्यक्ष सन्जिव न्यौपानेले राजीनामा दिएसँगै सञ्चालक समितिले रिक्त रहेको अध्यक्ष पदमा नेपाललाई चयन गरेको हो ।
यस्तै कम्पनीले रिक्त रहेको प्रबन्ध सञ्चालक पदमा नव नियुक्त सञ्चालक सन्तोष अधिकारीलाई नियुक्त गरेको छ ।
कम्पनीको असार १४ गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले सञ्चालक समिति नयाँ अध्यक्ष चयनदेखि प्रबन्ध सञ्चालक नियुक्त र तत्कालीन अध्यक्ष न्यौपानेको राजीना स्वीकृत लगायतका निर्णय गरेको गरेकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.