चितवनका १७ सय जनामा डेंगु संक्रमण

  २०८१ असार १६ गते १७:२८     विकासन्युज

चितवन । चितवनमा १ हजार ७ सय ७१ जनामा डेंगु संक्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरूमा डेंगु संक्रमण देखिएको हो ।

चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेंगु संक्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २३ हजार ५ सय ७१ जनाको परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

संक्रमितमध्ये १ हजार २ सय ६८ जना चितवनका रहेका छन् । ६ सय ६५ पुरुष र ६ सय तीन महिलामा डेंगु संक्रमण देखिएको केसीले जानकारी दिए ।

यस्तै, ठेगना नखुलेका १ सय ३८ र चितवन बाहेकका जिल्लाबाट उपचार गर्न यहाँ आएका ३ सय ६५ जनामा डेंगु संक्रमण देखिएको छ । एकजनाको उपचारका क्रममा मृत्यु भएको केसीले बताए ।

सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ६ सय ६४ जनामा डेंगु देखिएको छ । खैरहनी नगरपालिकामा १ सय ८७, माडी नगरपालिकामा २९, रत्ननगर नगरपालिकामा २ सय ३१, राप्ती नगरपालिकामा ७७, कालिका नगरपालिकामा २६ र इच्छाकामना गाउँपालिकामा ५४ जनामा डेंगु संक्रमण देखिएको छ ।

डेंगु संक्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ । यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो ।

यसबाट बच्न झूल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेङ्गु सङ्क्रमण रोकथाम गर्न सकिने केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.