सूर्य नेपालले दियो तनहुँको शुक्लागण्डकी नगरपालिकालाई दमकल

  २०८१ असार १६ गते १७:५९     विकासन्युज

काठमाडौं । सूर्य नेपाल प्रालिले शुक्लागण्डकी नगरपालिका तनहुँलाई दमकल हस्तान्तरण गरेको छ । आइतबार शुक्लागण्डकी नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच कम्पनीले उक्त दमकल हस्तान्तरण गरेको हो ।

शुक्लागण्डकी नगरपालिको अनुरोधमा कम्पनीको सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत दमकल हस्तान्तरण गरिएको  हाे ।

शुक्लागण्डकी नगरपालिकाका मयेर कृष्णराज पडिंतले दमकलबाट शुक्लागण्डकी नगरपालिका र यस वरपरका पालिका तथा, सिंगो तनहुँ जिल्ला र आसपासको क्षेत्रहरु समेत लाभान्वित हुने धारणा व्यक्त गरे ।

सूर्य नेपालका फ्याक्ट्री प्रमुख बाबुराम कार्कीले दमकलबाट शुक्लागण्डकी नगरपालिका लगायत यस आसपासका क्षेत्रले उचित लाभ लिनसक्ने बताए ।

उनले भविष्यमा समेत शुक्लागण्डकी नगरपालिकासँगको सहकार्यमा विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रम सञ्चालन गर्न सूर्य नेपाल सकारात्मक रहेको जानकारी गराए ।

कार्यक्रमा शुक्लागण्डकी नगरपालिकाकाे टिम, सूर्य नेपाल तनुहँका प्रतिनिधि, विशेष प्रहरी बलका प्रमुख एसपी केदार खनाल लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.