नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति

  २०८१ असार १६ गते १८:१९     विकासन्युज

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ।

आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर गराइएका झालाई अदालतले अनुसन्धानका लागि ७ दिन थुनामा राख्न अनुमति दिएको हो ।

झालाई शुक्रबार राति नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएपछि झा फरार भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.