नेपाल आइडल विजेता करण परियारलाई केपी ओलीले दिए सारंगी उपहार

  २०८१ असार १६ गते १८:३५     विकासन्युज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल आइडलका विजेता करण परियारलाई सारंगी उपहार दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले करणलाई बधाई दिँदै सारंगी उपहार दिएका हुन् ।

एमालेले नेपाल आइडल सिजन-५ का विजेता परियार र उप-विजेताहरूलाई बधाई तथा शुभकामना दिन आइतबार च्यासलमा कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा विजेता परियारसहित उपविजेताहरू फस्ट रनरअप सलोमी गुरूङ, सेकेन्ड रनरअप सचिन विश्वकर्मा र थर्ड रनरअप मोहित भुजेल पनि सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.