एउटै लघुवित्तमा १४ बैंकको लगानी, पौने ९ अर्बको सेयर

  २०८१ असार १७ गते ११:४०     सीआर भण्डारी

काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार ५५ वटा लघुवित्त वित्तीय संस्थाहरू सञ्चालनमा छन् । राष्ट्र बैंककै तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० को असारसम्म लघुवित्त वित्तीय संस्थाहरूको चुक्ता पुँजी ३४ अर्ब ८ करोड रुपैयाँ छ । केन्द्रीय बैंकको नियमनको दायरामा रहेका लघुवित्त संस्थाहरूमा अधिकांश लगानी राष्ट्र बैंककै नियमनभित्र रहेका बैंक तथा वित्तीय सस्थाहरूको रहेको छ ।

लघुवित्त वित्तीय संस्थाहरूले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका अनुसार बैंक तथा वित्तीय संस्थाको स्वामित्वमा ३७ वटा लघुवित्त संस्थाहरू रहेका छन् । ३५ वटा लघुवित्त संस्थाहरूमा बैंक तथा वित्तीय संस्थाको ८ अर्ब ८४ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर लगानी रहेको छ । ३५ वटा लघुवित्तमा वाणिज्य बैंक, विकास बैंक, वित्त (फाइनान्स) कम्पनीको ठूलो लगानी रहेको देखिन्छ ।

कुन बैंकको कति लगानी ?

विभिन्न ३० वटा बैंक तथा वित्तको ३५ वटा लघुवित्तमा लगानी रहेको देखिन्छ । बैंक तथा वित्त कम्पनीको लघुवित्तमा ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर लगानी रहेको तथ्याङ्कले देखाउँछ । जसमध्ये १८ वटा वाणिज्य बैंक, ६ वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनीको लगानी छ ।

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धरै नबिल बैंकको लगानी देखिन्छ । यस बैंकको १ अर्ब १० करोड रुपैयाँ, एनआईसी एशिया बैंकको १ अर्ब ८ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको १ अर्ब २ करोड रुपैयाँ, हिमालयन बैंकको ८९ करोड ३७ लाख रुपैयाँ, कृषि विकास बैंकको ५५ करोड ३१ लाख रुपैयाँ, एभरेष्ट बैंकको ५० करोड ५९ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेका छन् ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४३ करोड १० लाख रुपैयाँ, एनएमबि बैंकको ३८ करोड ९५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३४ करोड ९४ लाख रुपैयाँ, प्रभु बैंकको ३४ करोड ४५ लाख रुपैयाँ, नेपाल बैंकको ३३ करोड ३२ लाख रुपैयाँ, कुमारी बैंकको ३३ करोड ११ लाख रुपैयाँ बराबरको सेयर लगानी विभिन्न लघुवित्तमा गरेका छन् ।

प्राइम कमर्सियल बैंकको २२ करोड ७० लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १७ करोड ५ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १३ करोड ६६ लाख रुपैयाँ, सिद्धार्थ बैंकको १३ करोड ११ लाख रुपैयाँ, सिटिजन्स बैंकको ११ करोड ७५ लाख रुपैयाँ र नेपाल एसबिआई बैंक को ६ करोड ३३ लाख रुपैयाँ बराबरको लगानी विभिन्न लघुवित्तमा छ ।

यस्तै, विकास बैंकहरूमा लम्बिनी विकास बैंकको ३५ करोड ४२ लाख रुपैयाँ, शांग्रिला डेभलपमेन्ट बैंकको ३ करोड ५० लाख रुपैयाँ, गरिमा विकास बैंकको १ करोड ७७ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको १ करोड २५ लाख रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ६९ लाख ६६ हजार रुपैयाँ र ज्योति विकास बैंकको ६४ लाख ४३ हजार रुपैयाँ बराबरको लगानी गरेका हुन् ।

यस्तै, फाइनान्स कम्पनीहरूमा आईसीएफसी फाइनान्सको ११ करोड ९२ लाख रुपैयाँ, सेन्ट्रल फाइनान्सको १ करोड ६७ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको १ करोड १ लाख रुपैयाँ, गुडविल फाइनान्सको ५ करोड ७१ लाख रुपैयाँ, पोखरा फाइनान्सको ६४ लाख ४३ रुपैयाँ, वेस्ट फाइनान्सको ५७ लाख ३७ हजार रुपैयाँ लगानी गरेका हुन् ।

कुन लघुवित्तमा कुन बैंकको कति सेयर ?

ग्रामीण विकास लघुवित्त

ग्रामीण विकास लघुवित्तमा विभिन्न १० वटा वाणिज्य बैंकको सेयर स्वामित्व छ । नेपाल बैंकको ६.८९ प्रतिशत अर्थात् ६ लाख ७७ हजार ५५०.६२ कित्ता, राष्ट्रिय वाणिज्य बैंकको ५.०९ प्रतिशत अर्थात् ५ लाख ४७६ कित्ता, हिमालयन बैंकको १.४६ प्रतिशत अर्थात् १ लाख ४३ हजार ९९४ कित्ता, नबिल बैंकको २.२९ प्रतिशत अर्थात् २ लाख २५ हजार ४९४ कित्ता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ०.७४ प्रतिशत अर्थात् ७२ हजार ८९८ कित्ता सेयर स्वामित्व छ ।

यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.००६ प्रतिशत अर्थात् ६ सय कित्ता, नेपाल एसबिआई बैंकको १.४१ प्रतिशत अर्थात् १ लाख ३९ हजार २१५ कित्ता, कृषि विकास बैंकको ०.०१ प्रतिशत अर्थात् १ हजार ४७ कित्ता, ग्लोबल आइएमई बैंकको ०.०१ प्रतिशत अर्थात् १ हजार ४७ कित्ता र कुमारी बैंकको ०.००२ प्रतिशत अर्थात् २३३ कित्ता सेयर लगानी रहेको छ ।

डिप्रोक्स लघुवित्त

डिप्रोक्स लघुवित्तमा नबिल बैंकको ९.२७ प्रतिशत अर्थात् १४ लाख ३७ हजार ८८९ कित्ता, नेपाल बैंकको ९.२७ प्रतिशत अर्थात् १४ लाख ३७ हजार ८८९ कित्ता, कषि विकास बैंकको ७.६९ प्रतिशत अर्थात् ११ लाख ९२ हजार ६०७ कित्ता सेयर स्वामित्व छ । यस्तै लुम्बिनी विकास बैंकको ९.२७ प्रतिशत अर्थात् १४ लाख ३७ हजार ८८९ कित्ता संस्थापक र ३.४९ प्रतिशत अर्थात् ५ लाख ४१ हजा ७०७ कित्ता पब्लिक गरी १२.७६ प्रतिशत अर्थात् १९ लाख ७९ हजार ५९६ कित्ता सेयर लगानी छ ।

स्वाबलम्बन लघुवित्त

स्वाबलम्बन लघुवित्तमा नबिल बैंकको ८.५७ प्रतिशत अर्थात् ११ लाख ५ हजार ८३१ कित्ता संस्थापक र ०.३३ प्रतिशत अर्थात् ४३ हजार ४२ कित्ता पब्लिक सेयर, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १०.३० प्रतिशत अर्थात् १३ लाख २९ हजार ७७५ कित्ता संस्थापक सेयर र ९ कित्ता पब्लिक, हिमालयन बैंकको १०.२७ प्रतिशत अर्थात् १३ लाख २५ हजार ८२ कित्ता संस्थापक सेयर र १.७१ प्रतिशत अर्थात् २ लाख २० हजार ८४७ कित्ता पब्लिक सेयर लगानी छ । यस्तै लक्ष्मी सनराइज बैंकको ३.१२ प्रतिशत अर्थात् ४ लाख २ हजार ८६१ कित्ता सेयर स्वामित्व छ ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त

फस्र्ट माइक्रोफाइनान्स लघुवित्तमा प्रभु बैंकको १०.९३ प्रतिशत अर्थात् १२ लाख ५४ हजार ४८६ कित्ता, ग्लोबल आइएमई बैंकको १०.१७ प्रतिशत अर्थात् ११ लाख ६७ हजार २५७ कित्ता, कुमारी बैंकको ४.०५ प्रतिशत अर्थात् ४ लाख ६४ हजार ८३७ कित्ता, आईसीएफसी फाइनान्सको ३.५५ प्रतिशत अर्थात् ४ लाख ७ हजार ४४९ कित्ता र राष्ट्रिय वाणिज्य बैंकको १.७१ प्रतिशत अर्थात् १ लाख ९६ हजार २६४ कित्ता सेयर स्वामित्व छ ।

सूर्याेदय वोमी लघुवित्तमा एनआईसी एशिया बैंकको १.३६ प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता र गरिमा विकास बैंकको ०.५४ प्रतिशत अर्थात् ४२ हजार ९०१ कित्ता सेयर लगानी रहेको छ । निर्धन उत्थान लघुवित्तमा नबिल बैंकको ९.३९ प्रतिशत अर्थात् २४ लाख ५३ हजार ५९४ कित्ता, एभरेष्ट बैंकको ७.६१ प्रतिशत अर्थात् १९ लाख ८८ हजार ९६६ कित्ता र हिमालयन बैंकको ७.६१ प्रतिशत अर्थात् १९ लाख ८८ हजार ९६५ कित्ता सेयर लगानी गरेका छन् । छिमेक लघुवित्तमा हिमालयन बैंकको ८.७३ प्रतिशत अर्थात् २४ लाख ७५ हजार ४५३ कित्ता र नबिल बैंकको ८.७३ प्रतिशत अर्थात् २४ लाख ७५ हजार ४५३ कित्ता सेयर स्वामित्व रहेको छ ।

साना किसान विकास लघुवित्त

साना किसान विकास लघुवित्तमा १४ वटा बैंकको लगानी रहेको छ । कृषि विकास बैंकको १३.०२ प्रतिशत अर्थात् ४३ लाख ३८ हजार ३४ कित्ता, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.१० प्रतिशत अर्थात् १३ लाख ६५ हजार ४२६ कित्ता, नबिल बैंकको ६.१३ प्रतिशत अर्थात् २० लाख ४३ हजार ३२३ कित्ता, हिमालयन बैंकको ३.७७ प्रतिशत अर्थात् १२ लाख ५५ हजार ८०५ कित्ता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.०२ प्रतिशत अर्थात् १० लाख ६ हजार २३ कित्ता सेयर लगानी गरेका छन् ।

नेपाल बैंकको ३.६५ प्रतिशत अर्थात् १२ लाख १७ हजार ३४९ कित्ता, नेपाल एसबिआई बैंकको १.४८ प्रतिशत अर्थात् ४ लाख ९४ हजार ३४१ कित्ता, एभरेष्ट बैंकको १.३० प्रतिशत अर्थात् ४ लाख ३१ हजार ८२४ कित्ता, एनआईसी एशिया बैंकको १.१९ प्रतिशत अर्थात् ३ लाख ९७ हजार ७२२ कित्ता, सिद्धार्थ बैंकको १.१० प्रतिशत अर्थात् ३ लाख ६६ हजार २७६ कित्ता, ग्लोबल आइएमई बैंकको ०.६८ प्रतिशत अर्थात् २ लाख २४ हजार ९६९ कित्ता, राष्ट्रिय वाणिज्य बैंकको ०.६५ प्रतिशत अर्थात् २ लाख १७ हजार १८ कित्ता र कुमारी बैंकको ०.५६ प्रतिशत अर्थात् १ लाख ८५ हजार ९९ कित्ता सेयर लगानी गरेका हुन् ।

हिमालयन लघुवित्तमा हिमालयन बैंकको ५१ प्रतिशत अर्थात् १४ लाख ६९ हजार ४३४ कित्ता, विजय लघुवित्तमा गुडविल फाइनान्सको २१.४३ प्रतिशत अर्थात् ५ लाख ७१ हजार २८० कित्ता, एनएमबि लघुवित्तमा एनएमबि बैंकको ५१ प्रतिशत अर्थात् ३३ लाख ४४ हजार ९०२ कित्ता सेयर लगानी रहेको छ ।

ग्लोबल आइएमई लघुवित्तमा ग्लोबल आइएमई बैंकको ५७.४८ प्रतिशत अर्थात् ३५ लाख ५७ हजार ४३७ कित्ता र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.८३ प्रतिशत अर्थात् २ लाख ३७ हजार ३८ कित्ता सेयर, महुलि लघुवित्तमा सिटिजन्स बैंकको २.६३ प्रतिशत अर्थात् ८४ हजार ६८२ कित्ता सेयर लगानी रहेको छ । फरवार्ड लघुवित्तमा एभरेष्ट बैंकको २५ प्रतिशत अर्थात् २६ लाख ३८ हजार ८७९ कित्ता, नेपाल लाइफको ३.२० प्रतिशत अर्थात् ३ लाख ३७ हजार ५०० कित्ता, राष्ट्रिय वाणिज्य बैंकको १.०४ प्रतिशत १ प्रतिशत ९ हजार ६८८ कित्ता सेयर लगानी रहेको छ ।

मेरो माइक्रोफाइनान्स 

मेरोमाइक्रोफाइनान्स लघुवित्तमा ग्लोबल आइएमई बैंकको १४ प्रतिशत अर्थात् १८ लाख ४८ हजार २० कित्ता, सिटिजन्स बैंकको ६.९० प्रतिशत अर्थात् ९ लाख १० हजार ८०१ कित्ता, प्रभु बैंकको ७ प्रतिशत अर्थात् ९ लाख २४ हजार कित्ता, सिद्धार्थ बैंकको ६.५ प्रतिशत अर्थात् ८ लाख ५८ हजार कित्ता, एनएमबि बैंकको ४.१७ प्रतिशत अर्थात् ५ लाख ५० हजार ३१६ कित्ता सेयर लगानी गरेका हुन् ।

यस्तै प्राइम बैंकको ७ प्रतिशत अर्थात् ९ लाख २४ हजार कित्ता, कुमारी बैंकको ७ प्रतिशत अर्थात् ९ लाख २४ हजार कित्ता र लुम्बिनी विकास बैंकको ७ प्रतिशत अर्थात् ९ लाख २४ हजार ४५ कित्ता सेयर स्वामित्व रहेको छ ।

समता घरेलु लघुवित्तमा लुम्बिनी विकास बैंकको ३.८७ प्रतिशत अर्थात् १ लाख ५२ हजार ६६४ कित्ता, आरएसडिसी लघुवित्तमा ग्लोबल आइएमई बैंकको १२ प्रतिशत अर्थात् १० लाख ४३ हजार ४८१ कित्ता सेयर लगानी गरेका छन् ।

नेशनल लघुवित्तमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १३.०५ प्रतिशत अर्थात् १४ लाख १४ हजार ५३१ कित्ता, कुमारी बैंकको ९.४९ प्रतिशत अर्थात् १० लाख २८ हजार ७६२ कित्ता, प्राइम बैंकको १.८८ प्रतिशत अर्थात् २ लाख ४ हजार ५ कित्ता, गरिमा विकास बैंकको १.२४ प्रतिशत अर्थात् १ लाख ३४ हजार ८०७ कित्ता, राष्ट्रिय वाणिज्य बैंकको १.२२ प्रतिशत अर्थात् १ लाख ३२ हजार ४७० कित्ता सेयर लगानी गरेका हुन् ।

यस्तै गोर्खाज फाइनान्स को ०.९३ प्रतिशत अर्थात् १ लाख १ हजार १४२ कित्ता सेयर, सिद्धार्थ बैंकको ०.८० प्रतिशत अर्थात् ८६ हजार ७९९ कित्ता, हिमालयन बैंकको ०.५४ प्रतिशत अर्थात् ५८ हजार २८७ कित्ता, नबिल बैंकको ०.५४ प्रतिशत अर्थात् ५८ हजार २८७ कित्ता र बेस्ट फाइनान्सको ०.५३ प्रतिशत अर्थात् ५७ हजार ३७७ कित्ता सेयर लगानी गरेका हुन् ।

नाडेप लघुवित्तमा नबिल बैंकको २५ प्रतिशत अर्थात् १२ लाख १४ हजार ४०० कित्ता र लुम्बिनी विकास बैंकको १० प्रतिशत अर्थात् ४ लाख ८५ हजार ७६० कित्ता सेयर स्वामित्व छ ।

आरम्भ चौतारी लघुवित्तमा सेन्ट्रल फाइनान्सको ४.५५ प्रतिशत अर्थात् १ लाख ६७ हजार १८५ कित्ता, कामना सेवा विकास बैंकको ३.४२ प्रतिशत अर्थात् १ लाख २५ हजार ३८९ कित्ता, ग्लोबल आइएमई बैंकको २.२८ प्रतिशत अर्थात् ८३ हजार ५९२ कित्ता, प्रभु बैंकको २.२८ प्रतिशत अर्थात् ८३ हजार ५९२ कित्ता, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १.९० प्रतिशत अर्थात् ६९ हजार ६६० कित्ता र सिटिजन्स बैंकको १.३३ प्रतिशत अर्थात् ४८ हजार ७६२ कित्ता सेयर स्वामित्व छ ।

स्वाभिमान लघुवित्तमा प्राइम बैंकको १४.५५ प्रतिशत अर्थात् २ लाख १२ हजार ६१३ कित्ता, एनआईसी एशिया लघुवित्तमा एनआईसी एशिया बैंकको ५७.७५ प्रतिशत अर्थात् १ करोड ४५ हजार कित्ता, युनिक नेपाल लघुवित्तमा प्रभु बैंकको १४.२८ प्रतिशत अर्थात् १ लाख ५८ हनार कित्ता र एनसीसी बैंक (कुमारी बैंक) को ९.७६ प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता सेयर लगानी गरेका छन् ।

जाल्पा सामुदायिक लघुवित्तमा प्राइम बैंकको ४.११ प्रतिशत अर्थात् ७५ हजार १७६ कित्ता, ज्योति विकास बैंकको ३.५३ प्रतिशत अर्थात् ६४ हजार ४३७ कित्ता र पोखरा फाइनान्सको ३.५३ प्रतिशत अर्थात् ६४ हजार ४३७ कित्ता, नेष्डो समृद्ध लघुवित्तमा प्रभु बैंकको ७.२६ प्रतिशत अर्थात् १ लाख २५ हजार कित्ता, किसान लघुवित्तमा प्रभु बैंकको ७ प्रतिशत अर्थात् ३ लाख ५३ हजार १०० कित्ता र प्राइम बैंकको ३ प्रतिशत अर्थात् १ लाख ५१ हजार १२६ कित्ता सेयर स्वामित्व छ ।

श्रृजनशील लघुवित्तमा एनआईसी एसिया बैंकको १४.२९ प्रतिशत अर्थात् १ लाख कित्ता, अभियान लघुवित्तमा कुमारी बैंकको १६.३९ प्रतिशत अर्थात् २ लाख ५० हजार कित्ता र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १६.३९ प्रतिशत अर्थात् २ लाख ५० हजार कित्ता, जीवन विकास लघुवित्तमा एनआईसी एशिया बैंकको २.१४ प्रतिशत अर्थात् २ लाख २० हजार ९३२ कित्ता सेयर स्वामित्व छ ।

आशा लघुवित्त (साविक राष्ट्र उत्थान)मा राष्ट्रिय वाणिज्य बैंकको २१.१५ प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता र प्रभु बैंकको ११.५४ प्रतिशत अर्थात् ३ लाख कित्ता, लक्ष्मी लघुवित्तमा लक्ष्मी बैंकको ७० प्रतिशत अर्थात् ३० लाख ९१ हजार ६३४ कित्ता, साधना लघुवित्तमा कुमारी बैंकको ९.१८ प्रतिशत अर्थात् ३ लाख ५० हजार ९१३ कित्ता र शांग्रिला डेभलपमेन्ट बैंकको ९.१८ प्रतिशत अर्थात् ३ लाख ५० हजार ९१३ कित्ता सेयर लगानी गरेका छन् ।

नेरूडे मिर्मिरे (नेरूडे)लघुवित्तमा प्राइम बैंकको ९.६१ प्रतिशत अर्थात् ७ लाख ३ हजार ७०६ कित्ता र सिटिजन्स बैंकको १.८० प्रतिशत अर्थात् १ लाख ३१ हजार ६८३ कित्ता, उपकार लघुवित्तमा प्रभु बैंकको ९.१४ प्रतिशत अर्थात् ९७ हजार ५० कित्ता र धौलागिरी लघुवित्तमा प्रभु बैंकको ११.२७ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर लगानी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.