प्रतिकित्ता ७ सय रुपैयाँमा महिला लघुवित्तको १ लाख ९९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

  २०८१ असार १७ गते ७:२५     विकासन्युज

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ निर्धारण गरिएको छ । बिक्रीमा राखिएको उक्त संस्थापक सेयर जुनसुकै व्यक्ति तथा संगठित संस्थाहरूले खरिद गर्न सक्नेछन् ।

खरिद आवेदन दिन इच्छुकले ३५ दिनको अवधिभित्र काठमाडौं ठमेलस्थित संस्थाको सेयर रजिस्ट्रार नेपाल एसबीआई मर्चेन्ट बैंकिङमा निवेदन दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.