एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

  २०८१ असार १७ गते ७:३२     विकासन्युज

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीका नाममा रहेको २२ हजार ७२७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ निर्धारण गरिएको छ ।

बैंकले उक्त सेयर विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाका लागि लिलामीमार्फत बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले असार २३ गतेसम्म बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आइपुग्ने गरी बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । बोलपत्र आवेदन पेस गर्दा न्यूनतम २२ हजार ७२७ कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.