प्रोग्रेशिभ फाइनान्सको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

  २०८१ असार १७ गते ८:३१     विकासन्युज

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले सोमबार एक सूचना जारी गर्दै २ लाख १ हजार ८ सय ६७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको जनाएको हो ।

उक्त संस्थापक सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । संस्थापक सेयर गर्न इच्छुक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सञ्चालक समितिसमक्ष खरिद आवेदन पेस गर्न सक्नेछन् ।

उक्त अवधिभित्र सेयर खरिदका लागि कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.