दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकममा भने गिरावट

  २०८१ असार १७ गते १५:२३     विकासन्युज

काठमाडौं । साताको दोस्रो काराेबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

साेमबार नेप्से १६.२९ अंकले बढेर २०५३.३८ बिन्दुमा कायम भएको छ । मौद्रिक नीतिको नजिकमा विकास बैंक तथा वाणिज्य बैंक दुबैको सेयर बढेको छ । वाणिज्य बैंकको सेयर सबैभन्दा धेरै २.०४ प्रतिशतले बढेर १०८८.६८ बिन्दुमा कायम भएको छ ।

यस दिन विकास बैंकको सेयर पनि १.३१ प्रतिशतले बढेको छ । सेयर बढेसँगै सो समूह ४०५०.०१ बिन्दुमा कायम भएको छ । सोमबार सबैभन्दा धेरै फाइनान्स समूह ०.८३ प्रतिशतले घटेको छ ।

सूचीकृत १३ समूहमध्ये फाइनान्स र उत्पादन तथा प्रशोधन समूह ०.२१ प्रतिशत घटेको छ । बाँकी सबै समूहमा हरियाली छाएको छ ।

कारोबार रकमको आधारमा साेमबार पनि नेपाल फाइनान्स नै शीर्ष स्थानमा रहेको छ । कम्पनीको १९ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेयर बजार बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार ३२३ स्टकको २ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार ३ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.