सानिमा जिआईसीले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

  २०८१ असार १७ गते १६:१८     विकासन्युज

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको ५० लाख कित्ता हकप्रद सेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.