सत्ता समीकरण फेरबदल चर्चाबारे गृहमन्त्री भन्छन्- हल्ला मात्रै हो, मलाई थाहा छैन

  २०८१ असार १७ गते १६:५६     विकासन्युज

काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदल हुने कुरा हल्ला मात्रै भएको बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको बारे आफूलाई कुनै जानकारी नभएको बताएका हुन् ।

उनले बाहिर सञ्चारमाध्यममा आएका कुरा हल्ला मात्रै भएको बताए । उनले आफूले दुई जना नेताहरूसँग कुराकानी गरेको भन्दै आफूले त्यस्तो छनक नपाएको बताए ।

उनले भने- ‘हल्ला मात्रै हो, त्यस्तो थाहा छैन, म पनि सरकारमै छु, सरकार गठबन्धनको एउटा पार्टनर नै हुँ,  मेरो भर्खरै दुईजना नेतासँग कुरा पनि भयो, कहिलेकाहीँ विभिन्न प्रक्रियाहरूमा केही असमझदारी हुँदा भेटघाट गर्ने कुरा भइरहन्छ, सामान्य भेटघाट हो, यसलाई गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.