२०८१ असार १७ गते १७:१३ विकासन्युज
काठमाडौं । राष्ट्रियसभाको सोमबारको बैठकले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका तर्फबाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उक्त विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावलाई सभाको सर्वसहमतिले स्वीकृत गरेको थियो ।
राष्ट्रियसभाको अर्को बैठक यही असार १८ गते मंगलबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.
One comment on "नवीकरणीय ऊर्जासम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन समितिमा"