बाल यौन दुराचारमा रामबहादुर बम्जनलाई १० वर्ष कैदको फैसला

  २०८१ असार १७ गते १९:०७     विकासन्युज

सर्लाही । बाल यौन दुरुपयोगमा दोषी ठहर भएका लिटिल बुद्ध भनेर चिनिने रामबहादुर बम्जनलाई १० वर्ष कैदको फैसला भएको छ ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार बम्जनलाई १० वर्ष कैदसहित ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

असार १० गते नै बम्जनलाई यायाधीश भण्डारीको इजलासले बाल यौन दुराचारमा दोषी ठहर गरेको थियो ।

अभियुक्त बम्जनविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले भने १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोग पत्र दायर गरेको थियो ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.