सेबोन अध्यक्ष प्रकरण : सन्तोष नारायणको पक्षमा आदेश, पुरानै प्रक्रियामा अगाडि बढ्नुपर्ने

  २०८१ असार १८ गते १४:१७     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्टलिष्टमा परेका सन्तोष नारायण श्रेष्ठले सोमबार प्रक्रिया रद्द गर्ने सरकारको निर्णयविरुद्द रिट दायर गरेका थिए । त्यसमा अल्पकालीन अन्तरिम आदेश दिँदै अदालतले प्रक्रिया रद्द नगर्न भनेको हो ।

श्रेष्ठले प्रक्रिया रद्द गर्ने कानुनी व्यवस्था नरहेको भन्दै सिफारिस समितिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

अध्यक्ष छनोट समितिले पाँचै जना अन्तार्वार्तामा नआएपछि प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको थियो । सर्टलिस्टमा परेका पाँचमध्ये सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ कार्ययोजना प्रस्तुतिकरणका लागि उपस्थित भएका थिए ।

तर, बोर्डका अर्का कार्यकारी निर्देशक डा. नवराज अधिकारीसहित बीमा प्राधिकरणका पूर्वअध्यक्ष चीरञ्जीवी चापागाईं र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की भने कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्तामा अनुपस्थित थिए । त्यसपछि सरकारले प्रक्रिया नै रद्द गरेकाे थियाे ।

प्रक्रिया रद्द गरेर सरकारले पुरानै सदस्यहरू राखेर पुनः नयाँ समितिमार्फत् प्रक्रिया थालिसकेको छ । अब पुरानै प्रक्रियाबाट अगाडि बढ्नु पर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.