पोखरा महानगरमा अख्तियारको छापा

  २०८१ असार १८ गते १६:०२     विकासन्युज

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको विषयमा पोखरा महानगरपालिकामा छापा मारेकाे छ। मंगलबार अख्तियारको टोलीले महानगर कार्यालयमा छापा मारेको हो ।

नियमविपरीत मणिपाल शिक्षण अस्पताललाई २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीमाथि छानबिन गर्न भन्दै अख्तियारले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.