नेशनल फण्डको हकप्रद सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

  २०८१ असार १९ गते ७:०८     विकासन्युज

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले बुधबारदेखि हकप्रद सेयर बिक्री खुला गरेकाे छ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँमा हकप्रद सेयर बिक्री खुला गरेकाे हो ।

कम्पनीले चुक्ता पुँजी ५४ करोड रुपैयाँको ५० प्रतिशत अर्थात् २७ करोड रुपैयाँको २ः१ अनुपातमा प्रतिकित्ता ५० रुपैयाँमा हकप्रद बिक्री खुला गरेकाे छ ।

कम्पनीको जेठ २५ गते बसेको विशेष साधारण सभाले हालको चुँक्ता पुजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

उक्त हकप्रद सेयर खरिद गर्न इच्छुकले साउन २२ गते कार्यालय समयभित्र ललितपुर कुपण्डोलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दरखास्त फाराम बुझाउनु सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.