रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य कति ?

  २०८१ असार १९ गते ७:३६     विकासन्युज

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी असार २७ गतेदेखि प्रतिकित्ता ८२०.८० रुपैयाँ अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्टाइएको साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको जनाएको छ ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्।

साउन १० गते बैंकिङ समयपछि यो आईपीओ निष्कासन बन्द हुनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले गत असार १२ गते बुक विल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.