डिम्याट खाता नवीकरण गर्न एनएमबि क्यापिटलको आग्रह

  २०८१ असार १९ गते ८:२३     विकासन्युज

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाताको नवीकरण शुल्क बुझाउन खातावालाहरूलाई आग्रह गरेको छ ।

कम्पनीले एनएमबि क्यापिटल, एनएमबि बैंक र एनएमबि सेक्युरिटिज् हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका खातावालाहरूलाई आर्थिक वर्ष २०८१/८२ सम्मको वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको हो ।

डिम्याट खातावालाहरूले प्रत्येक आर्थिक वर्षको वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ ।

खातावालाहरूले आगामी साउन १५ गतेभित्र एनएमबि बैंक वा एनएमबि बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट वा आइएमई पे, खल्ती, कनेक्ट आईपीएस र प्रभु पेमार्फत भुक्तानी गर्न सक्नेछन् ।

कम्पनीका अनुसार समयमा सञ्चालन शुल्क नबुझाएमा डिम्याट खाता स्वतः रोक्का हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.