नागरिक लगानी कोषको सञ्चालकमा रमाली नियुक्त

  २०८१ असार १९ गते १४:३२     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषको विज्ञ सञ्चालक सदस्यमा हेमन्तराज रमाली नियुक्त भएका छन् ।

नेपाल सरकार (मन्त्रीस्तर) को असार ३ गतेको निर्णय अनुसार नागरिक लगानीकोष ऐन, २०४७ को दफा २५ को उपदफा (१) खण्ड (छ) बमोजिम रमालीलाई नियुक्त गरिएको हो ।

साथै, उनले असार १७ गते सोमबार कोषको सञ्चालक समक्ष शपथ समेत लिइसकेको सञ्चालक समितिका सचिव नवराज खड्काले बताए ।

सीए हेमन्तराज रमली इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालका एसोसिएट सदस्य हुन् । उनले सन् २०१३ मा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरेका छन् ।

हेमन्तले कर र नियामक सल्लाहकार, लेनदेन सल्लाहकार, मूल्यांकन लेखा, लेखापरीक्षण र आश्वासन लगायत वित्तीय सल्लाहकारका विभिन्न क्षेत्रमा व्यापक व्यावसायिक अनुभव बोकेका छन् । उनी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड कमिटीको सदस्य भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.