सेयर बजार ३ अंकले बढ्दा ५ अर्ब बढीकाे कारोबार

  २०८१ असार १९ गते १५:१७     विकासन्युज

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.७९ अंकले बढेर २१०४.३३ बिन्दुमा पुगेको छ ।

बुधबार ३ सय १४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८ करोड ३५ लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

१०१ कम्पनीको सेयर मूल्य बढ्दा १३६ कम्पनीको घटेको छ भने १० कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।

यस दिन लगानीकर्ता फाइनान्स र व्यापार समूहमा झुम्मिएका छन् । बुधबार फाइनान्स समूहको ६.०४ प्रतिशत र व्यापार समूहको ६.१२ प्रतिशतले सेयर मूल्य बढेकाे छ ।

साथै, विकास बैंक समूह २.७१ प्रतिशत र वाणिज्य बैंक समूह ०.६३ प्रतिशतले बढेको छ ।

बुधबार सबैभन्दा धेरै चिरख्वा हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.७० प्रतिशतका दरले गुमाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.