मेरो माइक्रोफाइनान्स लघुवित्तद्वारा महिला केन्द्रलाई सहयोग

  २०८१ असार १९ गते १६:५८     विकासन्युज

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाडौंस्थित झोरमा रहेको गैरीगाउँ महिला केन्द्रलाई २० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बुधबार महिला केन्द्रलाई केन्द्र घर निर्माण गर्न आर्थिक सहयोग गरेको हो ।

टोखा नगरपालिका–१ झोरमा आयोजित एक कार्यक्रमका बिच संस्थाको शाखा कार्यालय मनमैजु, काठमाडौंका शाखा प्रबन्धक चक्रबहादुर लामाले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम केन्द्र घर निर्माण, व्यवस्थापन तथा सञ्चालनका लागि प्रयोग गरिने महिला केन्द्रका केन्द्र प्रमुख रोशिका तामाङले जानकारी दिइन् ।

मेरो माइक्रोफाइनान्स देशका ६४ जिल्लामा १४९ शाखा कार्यालयमार्फत करिब १ लाख ६० हजार घरपरिवारलाई वित्तीय सेवा पुर्याउदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.