हुम्लाको सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी

  २०८१ असार १९ गते १८:१३     विकासन्युज

हुम्ला । जिल्लाको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ७३ लाख रुपैयाँभन्दा बढी आवश्यक कागजातबिनै भुक्तानी दिएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा बिलबिजक बिना नै भुक्तानी दिइएको औँल्याइएको छ ।

उक्त पालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७, को नियम ३९ ९५० मा विपरीत उक्त आर्थिक वर्षमा ७३ लाख १३ हजार तीन सय रुपैयाँ भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ ।

उक्त रकम घरभाडाबापत १ लाख ९६ हजार ५६०, बैठक भत्ता ४० हजार, राहत वितरण १ लाख ३५ हजार, इन्धनमा ३५ हजार, कार्यालय सामान खरिदमा १ लाख, अनुगमन भत्ता २ लाख, विद्युतीय सामग्री खरिदमा ३ लाख ९० हजार रुपैयाँ खर्च भएको छ ।

यसैबीच, सिमकोट गाउँपालिका-१ र २ को ठेहे गाउँस्थित पञ्चमुखी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई व्यक्तिगत सरसफाइबारे प्रशिक्षण दिइएको छ ।

सबैका लागि दिगो खानेपानी, सरसफाइ र स्वच्छता परियोजनाले मंगलबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई सरसफाइबारे प्रशिक्षण दिएको हो ।

कक्षा ५ सम्म अध्यापन हुने उक्त विद्यालयका हरेक विद्यार्थीलाई एउटा हातधुने साबुन पनि वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.