काठमाडौं उपत्यकाका यी नदीमा पानीको सतह बढ्दो, सतर्कता अपनाउन आग्रह

  २०८१ असार १९ गते १८:२९     विकासन्युज

काठमाडौं । वर्षाले काठमाडौं उपत्यकाका खोला तथा नदीमा पानीको सतह बढ्न थालेपछि जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । नदी तटीय क्षेत्रमा रहनेले विशेष सतर्कता अपनाउन महाशाखाकाे आग्रह छ।

धोबिखोला, विष्णुमतीलगायतका खोलामा पानीको सतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कपन वर्षामापन केन्द्र र आसपास मध्यम वर्षा भएको छ । बुढानीलकण्ठ क्षेत्रमा एक घन्टामा २५.६ मिलिमिटर वर्षा हुँदा धोबिखोलामा जलसतह बढिरहेको महाशाखाले बताएकाे छ । महाशाखाले दिएकाे जानकारी अनुसार बुढानीलकण्ठ क्षेत्रमा पछिल्लो २४ घन्टामा ७९.४ मीमी वर्षा भएको छ ।

यस्तै, विष्णुमती खोला गोंगबु बसपार्क जलमापन केन्द्रमा पनि जलसतह बढ्दो क्रममा छ । पानीपोखरी क्षेत्रमा पछिल्लो २४ घन्टामा २१.८ मीमी पानी परेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.