सिभिल सहकारी ठगी प्रकरण : इच्छाराज तामाङविरुद्ध पूरक अभियोगपत्र दायर

  २०८१ असार १९ गते १८:५०     विकासन्युज

काठमाडौं । सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी हिनामिनामा पूर्वसांसद इच्छाराज तामाङविरुद्ध प्रहरीले पूरक अभियोगपत्र दायर गरेको छ ।

जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौंले तामाङविरुद्ध पूरक अभियोजन दर्ता गरेको हो ।

तामाङ र केशवलाल श्रेष्ठलाई प्रतिवादी बनाई सीआईबीले ७ करोड ८८ लाख ४४ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ । यसअघिकै मुद्दामा तामाङ हाल डिल्लीबजार कारागारमा छन् ।

यसअघि उनीविरुद्ध चार वर्षअघि ५ अर्ब ६७ करोड रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दा दायर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.